गृहपृष्ठ सन् २०१४ को विश्वविजेता जर्मनी पहिलो चरणबाटै बाहिरियो

सन् २०१४ को विश्वविजेता जर्मनी पहिलो चरणबाटै बाहिरियो

मेक्सिको र स्विडेन अन्तिम १६ मा

स्विडेनविरूद्ध मेक्सिकोको प्रदर्शन

मेक्सिको र स्विडेन विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । भर्खरै सम्पन्न खेलमा दक्षिण कारिया २–० गोलअन्तरले विजयी भएसँगै जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ । डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध दक्षिण कोरियाले दुवै गोल खेलको अतिरिक्त समयमा गरेको हो ।
अर्को खेलमा मेक्सिकोलाई ३–० गोलअन्तरले हराउँदै स्विडेन अन्तिम १६ मा पुग्न सफल भयो । पहिलो हाफ बराबरी खेलेको स्विडेनले तीनै गोल दोस्रो हाफमा गरेको हो । दोस्रो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको स्विडेन ५०, ६२ र ७४औं मिनेटमा गोल गर्न सफल भएको थियो । जर्मनी २०१४ को विश्वकप विजेता टिम हो ।

हेर्नुहोस् अंकतालिका

प्रकाशित समय २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु