गृहपृष्ठ अब ब्राजिल र स्वीजरल्याण्डको भेट कोसँग ?

अब ब्राजिल र स्वीजरल्याण्डको भेट कोसँग ?

समूह ‘इ’ बाट ब्राजिल र स्वीजरल्याण्ड रुसमा जारी विश्कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
ब्राजिल समूह विजेता र स्वीजरल्याण्ड उपविजेताका अन्तिम १६ मा प्रवेश गरेका हुन् । अघिल्लो चरणमा प्रवेश गर्न गएराति ब्राजिलले सर्बियालाई २–० ले पराजित गर्यो । ३५ औँ मिनेटमा गोल गरी पाउलिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि ६८ औँ मिनेटमा थिएगो सिल्भाले अग्रता दोब्बर पारे ।

नेइमरकाे कर्नरमा आएको बलमा सिल्भाले हेडमार्फत गोल गरेका थिए । सर्बियाले भने गोल गर्ने केही सुनौला मौका गुमाएको थियो । उसको फिनिसिङमा स्पष्ट समस्या देखियो । अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिकोको सामना गर्नेछ ।

समूह ई अन्तर्गत नै गएराति भएको अर्को खेलमा स्वीजरल्याण्डले कोस्टारिकासँग २–२ को बराबरी खेल्यो । लगातार दुई खेल जितेको स्वीजरल्याण्यडले यसपटक विजयी यात्रा कायम राख्न सकेन ।

स्वीजरल्याण्डका लागि ३१ औँ मिनेटमा ब्लिरिम डिजेमेलीले गोल गरे । तर, ५६ औँ मिनेटमचा कोस्टा रिकाका केन्डेल वेट्सनले बराबरी गोल गरे । खेलको अन्त्यतिर दुवै टोलीले गोल थपे । ८८ औं मिनेटमा जोसिप ड्रिमिकले गोल गर्दै स्वीजरल्याण्डको अग्रता दोब्बर पारे ।

इन्जुरी समयको तेस्रो मिनेटमा यान सोमेरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । त्यसअघि कोस्टा रिकाका ब्रायन रियुजले पेनाल्टी मिस गरे । क्वाटरफाइनल प्रवेशका लागि अब स्वीजरल्याण्डले स्विडेनको सामना गर्नेछ । समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु