गृहपृष्ठ ग्रान्डीमा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना

ग्रान्डीमा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना

धापासीमा रहेको ग्राडी अन्तर्राष्ट्रिय अस्पतालकाे छतमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएकाे छ ।

शनिवार दिउसो बिरामी लिएर आएको हेलिकप्टर हेलिप्याडकाे छेउमा राखिएकाे कारण खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ । घटनामा कुनै मानविय क्षती नभएका तर हेलिकप्टरकाे  पखेटा भाँचिएको छ । त्यसै गरी हेलिकप्टरकाे अगाडीको सिसा सबै फुटेको छ ।

घटनाबारे थप छानविन भइरहेकाे माहानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए । हेलिकप्टरलाई दुर्घटना स्थलबाट हटाउने तयारी भैरहेको पनि रिजालले जानकारी दिए । हेलिकप्टर दोलखा बाट बिरामी ल्याएर फेरी चितवनमा बिरामी लिन जाने तयारीमा थियो ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु