गृहपृष्ठ यसरी बरामद भयो तीन किलो सुन (तस्बिरमा हेर्नुहोस्)

यसरी बरामद भयो तीन किलो सुन (तस्बिरमा हेर्नुहोस्)

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिबार नागढुङ्गा नाकामा ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका २ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा लिएको हो ।

सुनसँगै चम्पावत भारतका १९ वर्षिय भारतीय नागरिक दीपककुमार मौर्य र महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका–६ का २३ वर्षिय मनोज विक लाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट भारततर्फ सुन लाने क्रममा नागढुङ्गा प्रहरी प्रभागका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले ३ किलो सुन सहित उनिहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले वताए ।

उनीहरुले भारतीय मारूती सुजुकी अल्ट्रो युके ०२–४६८४ को गाडीको एयर फिल्टरमा लुकाई छिपाई लाँदै गर्दा उक्त सुन बरामद गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरिक्षक केशव राज भट्टले वताए । उत्त गाडी पटक पटक सुन तस्करीमा प्रयोग भई भारत निकासी भइसकेको प्रहरी आशंका छ । संगठित अपराधका रुपमा सुन तस्करी भएको प्रहरीको भनाइ छ । बरामद सुन र सुन तस्करका लागि नागढुङ्गाबाट महानगरीय प्रहरी वृत्तमा थप अनुसन्धानको लागि पठाईएको छ ।

तस्विर : पत्रकार रोशन दानी

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु