गृहपृष्ठ औषधि व्यवसायीको प्रदेश कमिटि गठन
औषधि व्यवसायीको प्रदेश कमिटि गठन
प्रदेश नम्बर १ का थोक औषधी व्यवसायीहरु संगठित भएका छन् । थोक औषधी व्यवसायीहरुको शनिबार विराटनगरमा सम्पन्न भेलाले के एल दासको अध्यक्षतामा नेपाल औषधी थोक व्यवायी संघको प्रदेश कमिटी गठन गरेको हो । नव गठित कमिटिको उपाध्यक्षमा सन्तोष शर्मा चयन भएका छन् ।
त्यस्तै कमिटिको सचिवमा पंकज शाह, कोषाध्यक्षमा प्रदिपकुमार सिंह चयन भएका छन् । समितिको सदस्यहरुमा सन्तोषकुमार बढाथोकि, विद्यानन्द मण्डल, दिपेन्द्र शर्मा र टिकेन्द्र बुढाथोकि छन् ।
समितिले १ नम्बर प्रदेशभित्र थोक औषधि व्यवसायी गर्नेहरुको हक र अधिकारका विषयमा आवाज उठाउने अध्यक्ष दासले जानकारी दिए । उनले थोक औषधि व्यवसयाीहरु पनि एकजुट नभए निर्धक्क सँग व्यवसाय सञ्चान गर्न सक्ने अवस्था नभएको दावी गरे ।
प्रकाशित समय १७:१५ बजे

















