गृहपृष्ठ मुग्लिन–नारायणगढ सडकखण्डमा अवरोध कायमै
मुग्लिन–नारायणगढ सडकखण्डमा अवरोध कायमै
अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध बन्न पुगेको छ । सडकमा खसेको पहिरोका कारण यातायात अबरुद्ध भएको हो ।
पहिरो खस्नेक्रम नरोकिएकाले आवागमन खुलाउन समस्या भइरहेको चितवन प्रहरीले जनाएको छ । पहिरो खसेपछि बिहान ८ बजे बाटै अवरुद्ध बनेको सडकमा फेरी ११ः५० मा अर्को पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार निरन्तर पहिरो खसेको कारण यातायात सुचारु गर्न समस्या उत्पन्न भएको छ ।
प्रकाशित समय १३:४३ बजे

















