गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ७)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ७)

चौधरी ग्रुपले नवलपरासीको दुम्कौलीमा बनाएको शास्वतधामका मन्दिर कुन शैलीमा छन् ?

१. गाईघाट झरना कुन जिल्लामा पर्छ ? – बागलुङ
२. नेपालमा कम्प्युटरको प्रयोग कहिलेबाट भएको हो ? – २०२८
३. करिब ५०० वर्ष पुरानो यातुङ पर्व कहाँ मनाइन्छ ? – मुस्ताङको लोमान्थाङ
४. नेपालमा पाठ्यक्रम तथा निरीक्षण विकास केन्द्रले प्राथमिक तहका कति मातृभाषामा पुस्तक प्रकाशन गर्छ ? – २४
५. दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ कुन हो ? – चुरिया सुरुङ, मकवानपुर
६. अमलेखगन्जको पुरानो नाम के हो ? – भिच्छा पोखरी
७. नेपालको सबैभन्दा अग्लो स्थानमा कुन ठाउँमा धान फल्छ ? जुम्लाको छुमचौर, ३,०५० मिटर
८. आसियान + ३ भन्नाले कुन–कुन देशलाई चिनिन्छ ? – चीन, दक्षिण कोरिया र जापान
९.नेपालको पहिलो उपप्रधानमन्त्री सुर्वण शमशेर हुन् भने बहुदलपछिको पहिलो उपप्रधानमन्त्री को हुन् ? – माधवकुमार नेपाल
१०. नेपालको पहिलो नाटक ‘ध्रुत समागम’ कसले लेखेका हुन् ? – सिम्रौनगढका राजपुरोहित शेखराचार्य
११. नेपाल पत्रकार महासंघको स्थापना कसले र कहिले गरेका हुन् ? – सत्य बहादुर श्रेष्ठ, २००८ जेठ
१२. होमस्टेको अवधारणा कसले भित्र्याएका हुन् ? – रुद्रमान गुरुङ, २०५४, स्याङ्जाको सिरुगाउँ
१३. रक गार्डेन कहाँ पर्छ ? – अन्नपूर्ण पदमार्ग, लमजुङ
१४. विश्वको ठूलो रेडियो टेलिस्कोप कुन देशमा छ ? – चीन, ५०० मिटर व्यास
१५. हाइड्रो मोडल जिल्ला भन्नाले कुन जिल्लालाई चिनिन्छ ? – लमजुङ
१६. हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – हिम चितुवा
१७. हुलाकी सडकले तराई कति जिल्लालाई जोड्छ ? – २० जिल्ला, १७ सदरमुकाम
१८. चौधरी ग्रुपले नवलपरासीको दुम्कौलीमा बनाएको शास्वतधामका मन्दिर कुन शैलीमा छन् ? – खजुरवान शैली
१९. नेपालको पहिलो अर्थसचिव को हुन् ? – हिमालय शमशेर जबरा
२०. गेलाल अनुसन्धान समूह (जीआजी) ले नेपालका कति ठाउँलाई विश्वका सुन्दर स्थानमा सूचीकृत गरेको छ ? – १८ (अठार)

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु