गृहपृष्ठ विश्वविद्यालयका विद्यार्थीको अनसन तोडियो

विश्वविद्यालयका विद्यार्थीको अनसन तोडियो

ansan-newskarobar

माग पूरा हुने भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले अनसन तोडेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला र रजिस्टार महेन्द्रकुमार मल्ललगायतले वार्ताबाट माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विद्यार्थीले अनसन तोडेका हुन् ।

विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन डा. गोविन्द लामिछानेले विद्यार्थीलाई जुस खुवाएर अनसन तोडाए । हाइडा«ेपावर इन्जिनियरिङको पूर्ण सिलेबस तयार गरी चालू चौथो सेमेस्टरको परीक्षासम्म विद्यार्थीलाई हाइड्रोपावरसम्बन्धी अन्तक्र्रिया गर्ने, तीन महिनाभित्र ल्याबका लागि आवश्यक उपकरण व्यवस्थापन गर्ने, इन्जिनियरिङतर्फको पुस्तकालयमा आवश्यक पुस्तक व्यवस्थापन गर्नेलगायतका प्रतिबद्धता विश्वविद्यालयका पदाधिकारीले जनाएका छन् ।

त्यस्तै, इन्जिनियरिङतर्फका बिई कक्षाहरुलाई शिक्षक व्यवस्थापन गरी पठनपाठन नियमित गर्ने, इन्जिनियरिङ संकायअन्तर्गतका कार्यक्रमलाई नियमित सञ्चालन गर्न शैक्षिक प्रयोजनका लागि एक भवन भाडामा लिने, इन्जिनियरिङ बिई सिभिलतर्फका थप ४८ जना विद्यार्थीका लागि आगामी शैक्षिक सत्रबाट १० प्रतिशत छात्रवृत्ति प्रदान गरी कार्यकारी परिषद्मा पठाउनेलगायतका विद्यार्थीका माग पूरा हुने भएका छन् ।

आमरण अनसन बसेका तीनैजना विद्यार्थी रोशन बस्नेत, रतन शर्मा र मिलन बिसी स्थानीय देउती नर्सिङ होममा आईसीयूमा छन् । विद्यार्थी रतन शर्मा र मिलन बिसीको अवस्था सामान्य भए पनि रोशन बस्नेतको अवस्था गम्भीर भएको विद्यार्थी निकुञ्ज पाण्डेले जानकारी दिए ।

प्रकाशित समय २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु