गृहपृष्ठ महन्थ ठाकुर राजपा संसदीय दलको नेतामा सर्वसम्मत

महन्थ ठाकुर राजपा संसदीय दलको नेतामा सर्वसम्मत

mahantha thakur-newskarobar

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले ठाकुरलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

संसदीय दलको बैठक जारी छ । संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका पदमा कसलाई लैजाने भन्ने विषयमा छलफल भइरहेको छ । संसदीय दलको नेतामा दाबी गर्दै आएका अध्यक्ष मण्डलका राजेन्द्र महतोलाई उपनेता बनाउने तयारी गरिएको छ ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु