गृहपृष्ठ हनुमन्ते सफाइ, डुबेको बस्तीबाट पाँच टन फोहोर संकलन

हनुमन्ते सफाइ, डुबेको बस्तीबाट पाँच टन फोहोर संकलन

fohor sankanal-newskarobar फाइल तस्बिर

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाई अभियानको २० अाैं हप्तामा शनिबार मध्यपुर थिमीको डुबान क्षेत्रबाट पाँच टन फोहोर संकलन गरिएको छ । शनिबार हनुमन्ते सफाइ अभियान टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा परेको मध्यपुर थिमीको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरेको हो ।

बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहोर संकलन गरिएको थियो । साथै डुबानमा परेका बस्तीका बासिन्दाको घरभित्र थुप्रिएको फोहर संकलन गर्ने र सफाइसमेत भएको सांसद महेश बस्नेतले जानकारी दिए ।

सफाइ अभियानमा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीय अनुगमन तथा सुरिवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक नन्दलाल वन्जाडे, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीलगायत जनप्रतिनिधिलगायत सहभागी थिए ।

डुबानको समस्यामा परेका थिमीका बासिन्दाको सामान सार्न, सफाइ गर्न अभियन्ता टोलीले सहयोग गरेको थियो । टोलीले अर्को साता पनि यही ठाउँमा थप सफाइ गर्ने भएको छ ।

(रासस)

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु