गृहपृष्ठ सरकार कहिले उठाउँछौ फोहोर ?
सरकार कहिले उठाउँछौ फोहोर ?
महानगर भन्छ : हाम्रो जिम्मा हो र ?

केही दिनयता काठमाडौंको फोहर नउठेपछि राजधानीबासीले सरकार गुहारेका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेपछि प्रभावितहरुले ‘हेलो सरकार’ मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौंको एकमात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएको छ । बैकल्पिक बाटो र फोहर फाल्ने ठाउँ नहुँदा केही दिनयता फोहर नउठाईंदा चोक–चोकमै फोहरको डंगुर थुप्रिएको छ । सडक तथा गल्लीमा फोहोरको डंगुर थुप्रिएपछि बटुवा तथा, सवारीमा यात्रा गर्ने यात्रुले दुर्गन्धको सास्ति खेप्नुपरेको छ ।
वर्षायाममा घर आँगनमै फोहोर थुप्रिँदा स्थानीयबासी झनै जोखिममा परेका छन् । चिकित्सकहरुले अहिलेको अवस्था केहीदिन रहे हैजा फैलन सक्ने चेतावनी दिएपछि राजधानीबासी भयवित छन् ।
फोहर उठाउने जिम्मेवारी पाएका स्थनानीय तहहरुले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावित बासिन्दाहरुले समाधानको पहल स्वरुप प्रधानमन्त्री कार्यालय अन्तरगतको सर्वसाधारणको गुनासो सुन्ने निकाय हेलो सरकारमा उजुरी दिएका छन् । हेलो सरकारको आधिकारिक टुईटर ह्यान्डिलमा फोहोरका डंगुरसहितका थुप्रै उजुरी देख्न सकिन्छ ।
काठमाडौं उपत्यकाका १८ स्थानीय तहसहित बनेपा नगरपालिका र ककनी गाउँपालिका गरी २० स्थानीय तहको फोहोर सिसडोलमै व्यवस्थापन हँुदै आएको छ । ललितपुर महानगरपालिका, चन्द्रागिरी, दक्षिणकाली, नगरकोट, सूर्यविनायक, बूढानीलकण्ठ, कीर्तिपुर, शंकरापुर, नागार्जुन, कागेश्वरी मनहरा, गोकर्णेश्वर, तारकेश्वर, चाँगुनारायण, मध्यपुर थिमी, महालक्ष्मी, टोखा, गोदावरी नगरपालिकाको फोहोर पनि त्यही व्यवथापन गरिँदै आइएको छ । तर अहिले फोहर नउठ्दा सबै शहर दुर्गन्धित मात्र बनेको छैन, हैजाको जोखिम पनि बढेको छ ।
फोहोर उठाउने काम हाम्रो हैन : महानगरपालीका
फोहर उठाउने जिम्मा निजी कम्पनीले लिएकोले उनीहरुले नै उठाउँने काठमाडौं महानरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले गैर जिम्मेवारीपूर्ण जवाफ दिए । सर्वसाधारणले हेलो सरकारको टुईटरमा फोटोसहित दर्जनौं उजुरी दिँदै गर्दा प्रवक्ता कार्कीले आफुहरुले बाटोमा कतै फोहर नदेखेको जिकिर गरे ।
‘खै कहाँ छ फोहोर ? फोहर भए पनि हामीले निजी कम्पनीलाई फोहर उठाउने जिम्मा दिएका छौ, उनीहरुले नै उठाउलान्’ उनले न्यूज कारोबारसँग भने ।
यो जवाफले काठमाडौंका हरेक चोक र गल्लिमा थुप्रिएको फोहरबाट पुरै शहर दुर्गधिन्त हुँदै गर्दा समाधान गर्न महानगरपालिका तयार नरहेको प्रष्ट देखाएको छ । महानगरले आफुले उठाउनुपर्ने दायीत्व रहेपनि विभिन्न निजी कम्पनीलार्ई ठेक्कामा फोहर उठाउन लगाउँने गर्छ ।
यस सम्बन्धी विषयमा मुख्य दायीत्व र जवाफदेही महानगर हुनुपर्छ । तर आफ्नो काम अरुलाई ठेक्का दिएर कामको प्रभावकारिता मूल्यांकन नगरेको महानगरले सर्वसाधरणको समस्याप्रति जन उत्तरदायीत्वविहीन देखिएको छ ।
फोहर फाल्न जाने सिस्डोलको भासिएको बाटो मर्मत गर्ने काम भईरहेको बताउँदै प्रवक्ता कार्कीले नउठेको ठाउँको फोहर अब उठ्ने पनि बताए ।
प्रकाशित समय १९:४९ बजे