गृहपृष्ठ डा. केसीको अनशन : जुम्लामा तनाव, विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज

डा. केसीको अनशन : जुम्लामा तनाव, विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज

jumla-newskarobar

अनसनरत डा. गोविन्द केसीलाई जुम्लाबाट सरकारले जबर्जस्ती काठमाडौँ ल्याउने प्रयास गरेको छ । डा. केसीले अस्वीकार गरेपछि काठमाडौँ फर्कन लागेको हेलिकप्टर रोक्न लगाएर गृहमन्त्री रामबहादुर थापाले केसीलाई जबर्जस्ती भए पनि काठमाडौँ ल्याउने प्रयास गरेका हुन् ।

केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र प्रहरी छिरेको छ । प्रहरीलाई गेटमा रोक्न खोज्ने स्थानीयबासी र स्वास्थ्यकर्मीलाई प्रहरीले भगाएको छ ।

गोविन्द केसीको इच्छाविपरित काठमाडौँ लैजान नदिने भन्दै प्रहरीलाई रोक्न सडकमा उत्रिएका जुम्लाबासी, विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु