गृहपृष्ठ अर्थमन्त्री भन्छन्- लगानीका लागि स्वेदशी-विदेशी सबै उत्साहित छन्

अर्थमन्त्री भन्छन्- लगानीका लागि स्वेदशी-विदेशी सबै उत्साहित छन्

arthamantri-khatiwada-newskarobar

 

अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी दातृनिकाय आफूप्रति विश्वस्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सन्तुलित बजेट र वित्तीय अनुशासनका कार्यक्रमका कारण आफूलाई विदेशी दातृनिकायले विश्वास गरेको दाबी गरेका हुन् ।

विदेशी दातृनिकायले थप सहयोगका लागि प्रतिबद्धता जनाइरहेको उनको भनाइ छ । पछिल्ला चार महिनामै आफूले ५० अर्ब विदेशी ऋणका लागि छलफल अन्तिम चरणमा पुर्याएको जानकारी अर्थमन्त्रीले गराए ।

विदेशी दातृनिकायका साथै स्वदेशी तथा विदेशी निजी क्षेत्रले समेत आफूलाई विश्वास गरिसकेको उनको भनाइ छ । ‘स्वदेशी निजी क्षेत्र पनि उत्साहित देखिएको छ,’ मन्त्री खतिवडाले भने, ‘लगानीको वातावरण बन्दै गएको स्वेदशी-विदेशी निजी लगानीकर्ता उत्साहित देखिएका छन् ।’

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु