गृहपृष्ठ सानिमा बैंक र सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
सानिमा बैंक र सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
सानिमा बैंक र सिबिएल मनि ट्रान्सफरबीच मलेसिया-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सिबिएल मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत मलेसियाबाट पठाएको रकम आठ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । मलेसियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ ।
आन्तरिक रेमिट्यान्स सेवाका साथै सानिमा एक्सप्रेसले युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार, बेलायत, कोरियालगायत विश्वभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १७:५२ बजे

















