गृहपृष्ठ प्रचण्डलाई कांग्रेस प्रवक्ताको जवाफ- डा. केसीले अनसन नबसेर बन्दुक उठाउनुपर्थ्यो ?
प्रचण्डलाई कांग्रेस प्रवक्ताको जवाफ- डा. केसीले अनसन नबसेर बन्दुक उठाउनुपर्थ्यो ?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले ‘लासको राजनीति’ गरेको आरोप लगाउनुअघि आफ्नो पृष्ठभूमि हेर्न सचेत गराएको छ । पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर कांग्रेसले ‘लासको राजनीति’ गरेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई आफ्नो व्यक्तित्व र पृष्ठभूमि सम्झाएका हुन् ।
विगतमा १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई शर्माले भनेका छन्- ‘लासको राजनीति’ आरोप लगाउनुअघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !’
कांग्रेसमाथिको प्रश्नमा केवल यति भनौं भन्दै प्रवक्ता शर्माले प्रचण्डलार्इ सोधेका छन्– माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? शर्माले डा. केसीले अनसन नबसेर के बन्दुक उठाउनुपर्थ्यो ? भन्दै प्रचण्डलार्इ प्रश्न पनि गरेका छन् ।
यो पनि पढ्नुहोस्
पुष्पलाल स्मृति दिवशमा प्रचण्डको प्रश्न : कांग्रेस सिद्धिन लागेकै हो ?
प्रकाशित समय १८:१६ बजे