गृहपृष्ठ पत्रकार सम्मेलनमै भाव विह्वल बने कानुनमन्त्री

पत्रकार सम्मेलनमै भाव विह्वल बने कानुनमन्त्री

sher-bahadur-tamang-

आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनका क्रममा भाव विह्वल बनेका  छन् । पत्रकार सम्मेलनका क्रममा आफूमाथि प्रहार भएको भन्दै उनी भाव विह्वल बनेका हुन् ।

आइतबार राजधानीको एक कार्यक्रममा मन्तव्य दिने क्रममा उनले डा. गोविन्द केसीको अनसन र मेडिकल शिक्षाको प्रशंग जोड्दै बंगलादेशमा अध्ययन गर्न जाने नेपाली छात्राहरु शरिर बेच्न बाध्य रहेको बताएका थिए । यही अभिव्यक्तिबाट चर्को आलोचनामा परेका मन्त्री तामाङले न्युज कारोबारसँगको कुराकानीका क्रममा राजीनामा दिने बताएका थिए । तर, पत्रकार सम्मेलनमा गम्भीर क्षमायाचना गरेका मन्त्री तामाङले राजीनामा भने दिएनन् ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु