गृहपृष्ठ कांग्रेसले अराजकता मच्चाएको प्रचण्डको आरोप

कांग्रेसले अराजकता मच्चाएको प्रचण्डको आरोप

prachanda-newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले आफूहरुको पार्टी एकताविरुद्ध बितण्डा मच्चाउन खोजेको आरोप लगाएका छन् । डा. गोविन्द केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजिएको उनको आरोप छ ।

पार्टीसम्बद्ध पत्रकारहरुसँग मंगलबार भएको छलफलमा प्रचण्डले कम्युनिस्ट पार्टीको सरकारविरुद्ध कांग्रेस लागेको जिकिर गरे । ‘पार्टी एकता गरेर राम्रोसँग खुट्टा टेक्न नपाउँदै लढाउने षड्यन्त्र अनुरुप बितण्डा मच्चाउन खोजियो,’ उनले भने, ‘त्यसैले हाम्राविरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेका छन् ।’

नेपालभित्र कम्युनिस्टले चुनाव जितेको, दुई तिहाईको सरकार बनाएको, र शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको उनीहरूलाई पटक्कै मन नपरेको प्रचण्डको दावी थियो । नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध बितण्डसहित मिडियाबाट लडाईं शुरु भएको भन्दै प्रचण्डले सरकार र पार्टीको रक्षाका लागि कसैसँग सम्झौता नगरिने प्रष्ट पारे । तलसम्म पार्टी एकीकरण गर्दै सरकार र पार्टीको रक्षाका लागि जनतालाई परिचालन गरिने उनले बताए ।

प्रकाशित समय १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु