गृहपृष्ठ कानुनमन्त्री तामाङद्वारा राजीनामा घोषणा

कानुनमन्त्री तामाङद्वारा राजीनामा घोषणा

कानुनमन्त्रीले भक्कानिँदै भने- विरोधीहरु मेराविरुद्ध लागे

kanun-mantri-newskarobar

 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली चेलीबारे विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राबारे दिएको अभिव्यक्ति विवादमा परेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

मन्त्री तामाङले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छात्राहरु शरीर बेचेर सर्टिफिकेट लिन बाध्य रहेको बताएका थिए । सोही अभिव्यक्तिका कारण सर्वत्र आलोचित भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन दबाब दिएका थिए ।

 

कानुनमन्त्रीले भक्कानिँदै भने- विरोधीहरु मेराविरुद्ध लागे

sher-bahadur-tamang-newskarobar

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङ पटक-पटक भक्कानिए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री तामाङले विरोधीहरू आफूविरुद्ध लागेको आरोप लगाए । आफूले जहिले पनि नारीहरुप्रति सम्मान गरेको भन्दै तर यही विषयले आफूलाई सिकार बनाएको भन्दै उनी भक्कानिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले मौलिक हकको प्रचलनका लागि असोज ३ भित्र कानुन निर्माण गरिसक्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्रालयले त्यस विषयमा सन्तोषजनक कार्य गरेको दाबी गरे । ‘मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन मन्त्रालयबाट अघि बढिसकेको छ,’ उनले भने, ‘मौलिक हकसम्बन्धी कानुन तर्जुमा गर्नुपर्ने अवस्था छैन ।’

राजीनामा दिनुअघि आफ्नो संक्षिप्त कार्यप्रगति समेत उल्लेख गरेका उनले प्रदेश तहका लागि १७ र स्थानीय तहमा न्यायिक समिति सञ्चालनका लागि नमुना कानुन बनाएको बताए । १८ भन्दा बढी विषयसँग सम्बन्धित कानुन निर्माणका लागि मन्त्रालयले स्वीकृत दिइसकेको मन्त्री तामाङले जानकारी गराए ।

भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गराउन आफू लागिपरेको भन्दै उनले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि कार्य गरेको उल्लेख गरे । त्यस क्रममा उनले सम्पत्ति विवरण नबुझाउने २५ जना न्यायाधीशलाई ५ हजार रुपैयाँ जरिवाना गरेको समेत जानकारी गराए ।

कतिपय तत्वहरु आफ्नाविरुद्ध लागेको भन्दै उनले आफ्ना कमी-कमजोरीलाई मूल विषय बनाएकोप्रति गुनासो गरे । नेपाली नारीप्रति आफूले सधैं उच्च सम्मान गर्ने भन्दै उनले निरन्तर नारी हकहितका लागि संघर्ष गरेको उल्लेख गरे ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिला विद्यार्थीमाथि यौन शोषण हुने गरेको अभिव्यक्ति दिएपछि मन्त्री तामाङको सर्वत्र आलोचना भएको थियो । आफ्नो आलोचना भएपछि उनले ‘नैतिकतालाई उच्च महत्व दिँदै’ पदबाट राजीनामा दिएको बताएका छन् ।

 

विज्ञप्ति

 

 

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु