गृहपृष्ठ काभ्रेको धुलिखेल बेइजिङ प्लान्ट नजिकै यात्रुबस दुर्घटना, २८ यात्रु घाइते
काभ्रेको धुलिखेल बेइजिङ प्लान्ट नजिकै यात्रुबस दुर्घटना, २८ यात्रु घाइते
काभ्रेका धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्टमा यात्रुबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
भकुण्डेबाट बनेपा आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस दुर्घटनामा परेको काभ्रे पहरीले जनाएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा अधिकांश क्याम्पस पढ्ने विद्यार्थी सवार थिए ।
प्रकाशित समय ०९:१९ बजे

















