गृहपृष्ठ प्रधानन्यायाधीशमा प्रस्तावित जाेशीलार्इ २० प्रश्न
प्रधानन्यायाधीशमा प्रस्तावित जाेशीलार्इ २० प्रश्न
प्रधानन्यायाधीशका लागि प्रस्तावित दिपकराज जोशीको संसदीय सुनुवाई हुँदै छ । संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि प्रश्नावली तयार पारेको छ । उजुरीकर्तासँगको छलफलपछि समितिले सुनुवाइका पहिलो पटक प्रश्नावली तयार पारेको हो । यसअघिका सुनुवाइ फितलो र विवादित भएपछि समितिले यो पटक पहिले नै प्रश्न बनाएको हो ।
जोशीको सुनुवाइका लागि २० वटा प्रश्न तयार पारिएको समितिका एक सदस्यले जानकारि दिए । उनका अनुसार धेरै प्रश्न जोशीले गरेको आदेशबारे छ । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग जोडिएका विषय र छोराका विवाहमा भएको खर्चबारे पनि प्रश्न बनाइएको छ । जोशीको संसदीय सुनुवाइ आज दिउँसो १ बजे हुँदै छ ।
प्रकाशित समय ०९:३२ बजे
















