गृहपृष्ठ दुर्गा प्रसाईंलाई कारबाही गर्न प्रदेश सांसदको माग

दुर्गा प्रसाईंलाई कारबाही गर्न प्रदेश सांसदको माग

pradesh-1-samsad-newskarobar

 

प्रदेश १ का सांसदहरुले बंगलादेशमा अध्ययन गर्न गएका चेलीहरुको चरित्र हत्या हुनेगरी टिप्पणी गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको प्रदेश संसद बैठकमा सांसद ज्योति सुब्बाले चेलीहरुको चरित्र हत्या हुने गरी टिप्पणी गर्ने प्रसाईंलाई तत्काल कारबाही गर्न माग गरेकी हुन् ।

यस्तै, सांसदहरुले बजारमा कालोबजारी मौलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बैठकको शून्य समयमा आफ्ना कुरा राख्दै सांसद शान्ता पौडेलले बजारमा कालोबजारी मौलाएको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन् । चाडवाड नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री–वितरण बढेको भन्दै सांसदहरुले बजार अनुगमन प्रभावकारी बनाउन माग गरे ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु