गृहपृष्ठ प्रदेशको कर तथा राजस्वसम्बन्धी विधेयक संसदमा टेबल
प्रदेशको कर तथा राजस्वसम्बन्धी विधेयक संसदमा टेबल
प्रदेश १ को कर तथा राजस्वसम्बन्धी विधेयक प्रदेशसभा बैठकमा टेबल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले सोमबार प्रदेशसभा बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने/उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सदनमा पेस गरेका हुन् ।
विधेयक पेस गर्दै उनले आन्तरिक राजस्वको सन्दर्भमा उठाउने करहरु र प्राकृतिक स्रोतसाधनबाट प्राप्त हुने राजस्वलाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको जानकारी दिए । कर प्रणाली अझै प्रगतिशील नभएको बताउँदै उनले यसलाई व्यवस्थित र प्रगतिशिल बनाउन प्रयास गरिएकोे जनाए । प्रदेशको क्षेत्राधिकार प्रयोग गरी कानुन बनाएर करको दायरा फराकिलो बनाउने र एकद्वार प्रणालीबाट कर उठाउने विषय विधेयकमा समेटिएको उनले जानकारी दिए ।
प्रकाशित समय १६:५५ बजे
















