गृहपृष्ठ संसदीय सुनुवाइ समितिको बैठक १५ मिनेटका लागि स्थगित
संसदीय सुनुवाइ समितिको बैठक १५ मिनेटका लागि स्थगित
अाज मतदान हुने
संसदीय सुनुवाइ समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
संवैधानिक परिषदले सर्वाेच्च अदालको प्रधानन्यायाधीशमा सर्वाेच्चका न्यायाधीश दीपकराज जोशीलाई सिफारिस गरेपछि त्यसको सुनुवाइका क्रममा समितिको बैठक पटक–पटक अनिर्णीत हुँदै आएको छ ।
सोही क्रममा शुक्रबार बसेको बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । १५ मिनेटपछि बैठक सुरु भएपछि जोशीलाई भावी प्रधान्यायाधीशमा नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा मतदान हुने भएको छ ।
संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । परिषदले सिफारिस पश्चात सुनुवाइ समितिको दुई तिहाई बहुमतले अस्वीकार नगरेमा सिफारिस सदर हुने संवैधानिक व्यवस्था छ ।
प्रकाशित समय १३:३५ बजे

















