गृहपृष्ठ सर्वाेच्चको वेबसाइटबाट जोशीको नाम हटाइयो
सर्वाेच्चको वेबसाइटबाट जोशीको नाम हटाइयो
प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम सर्वाेच्च अदालतले आफ्नो वेबसाइटबाट हटाएको छ । संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको छ ।
आइतबारबाट इजलास तोकेका मिश्रको नाम कायम मुकायम प्रधानन्यायधीश भनेर सर्वाेच्चको वेबसाइटमा उल्लेख छ । जोशी १५ दिने बिदामा छन् । नाम अस्वीकृत भएपछि राजीनामा गर्ने वा नगर्ने भन्ने विषयमा पराशर्मका लागि उनी बिदामा बसेको उनी निकटस्थले बताएका छन् ।
प्रकाशित समय १२:१४ बजे

















