गृहपृष्ठ बेलायतका लगानीकर्तालाई प्रचण्डको आग्रह- नेपालमा लगानी गर्नुस्
बेलायतका लगानीकर्तालाई प्रचण्डको आग्रह- नेपालमा लगानी गर्नुस्
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
बेलायती सरकारको दक्षिण एसिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उनले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएको बताएका छन् ।
विश्वका धेरै लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै प्रचण्डले भने, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीलाई सुरक्षा दिने योजना बनाइरहेका छौं ।’
भेटका अवसरमा प्रमुख बेलीले प्रचण्डलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएको बेलीले नेपालमा लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक रहेको जानकारी गराए । उनले नेपाल सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको उल्लेख गर्दै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको बताए ।
प्रमुख बेलीले प्रचण्डलाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनीतिक घटनाक्रमबारे जिज्ञासा राखेका प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित समय १३:५० बजे

















