गृहपृष्ठ को हुन् भेरी अञ्चल अस्पतालमा आश्रय लिने परिवार ?
को हुन् भेरी अञ्चल अस्पतालमा आश्रय लिने परिवार ?

बाँके । करिब आठ बर्षदेखि भेरी अञ्चल अस्पताल परिसरमा बस्दै आएका परिवार को हुन् ? सबैलाई चासोको विषय बन्न गएको छ । लामो समय भेरी अञ्चल अस्पतालमा आफ्नो बासस्थान बनाएर बसोवास गर्दै आएका परिवारलाई कसैले ख्याल गरेन । चाहे घामपानी आँधी हुरी आएपनि हरेक रात अस्पतालको एक कुनामा वित्ने गरेको छ एक परिवारमा ।
श्रीमान श्रीमती र ३ बर्षिय छोरीसहित करिव आठ बर्षदेखि नेपालगन्जको भेरी अञ्चल अस्पतालमा बस्दै आएका परिवारलाई कसैले चासो देखाएन् । तीन जनाको परिवार रहेको ति परिवार नगर प्रमुख डा.धवलशम्सेर राणाले आफ्नो कार्यक्रम पारिश्रमिक पाएको भत्ताबाट निर्मित प्रतिक्षालयमा बस्दै आएका छन् । भेरी अस्पतालको इमरजेन्सी अगाडी रहेको प्रतिक्षालयमा ति परिवार बसेपछि त्यस ठाउँमा अरु विरामी कुरुवा र स्थानीय बस्न जान्नन् ।
लामो समयदेखि वसोबास गर्दै आएका ति परिवारका श्रीमानले जाँद रक्सी खाने र श्रीमति चाही डिमागमा समस्या रहेको हुनाले यताउता हिँडिरहने स्थानीय सुशान्त क्षेत्रीले बताए । श्रीमतीले आफ्नै तालमा अस्पतालमा रहेका विरामी तथा कुरुवासँग झगडा गर्ने गरेको समेत गर्ने गरेको स्थानीय क्षेत्रीले बताए । श्रीमानले यताउता माग्दै मागेको पैसाले रक्सी खाने गरेको उनले बताए । उनीहरु बसेको ठाउँमा फोहरै फोहर रहेको हुनाले अस्पतालमा आउने सवैले नाक छोपेर हिड्ने गरेको अर्का स्थानीय आशिष बाल्मिकीले बताए ।
प्रतिक्षालयमा फोहरको थुप्रोले भरिएको छ, त्यसकारण प्रतिक्षालयमा बस्न कोही जाँदैनन् बाल्मिकीले बताए । ‘प्रतिक्षालयमा फोहर र उनिहरुको बासस्थान नै रहेको हुनाले प्रतिक्षालयमा आराम गर्न कोही जाँदैनन्,’ बाल्मिकीले भने । यस्तै भेरी अञ्चल अस्पतालमै अर्का एक जना हनुमान भन्ने पनि आश्रय लिने गरेको स्थानीय बताउँछन् । साँझ पर्दै जादा ओपिडिको गेट अगाडी विस्तरा लगाएर सुत्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
हरेकदिन राती गेट कव्जा गरेर सुत्ने गरेको स्थानीयको भनाई छ । लामो समयदेखि अस्पतालमा आश्रय लिएर बसेका उनीहरुको उद्दारका लागि कसैले चासो देखाएका छैनन् । विरामी तथा कुरुवालाई समेत बारम्बार सताउने र उनीहरुको उद्दारका लागि कसैले पहल नगर्दा विरामीहरु त्रसित भएका छन् । नेपालगन्जमा करिव दर्जन बढि असक्त असहाय र बृद्धबृद्धाहरुका लागि काम गर्ने संघसंस्थाहरु भएपनि उनिहरुको उद्दारका वारेमा चासो नदेखाएको अस्पतालका कर्मचारीहरुको भनाई छ ।
प्रकाशित समय १५:३० बजे