गृहपृष्ठ सबै प्रदेशमा प्राकृतिक चिकित्सा आवश्यक : महरा
सबै प्रदेशमा प्राकृतिक चिकित्सा आवश्यक : महरा
प्राकृतिक चिकित्सालाई मूलधारको चिकित्सा प्रणालीमा विकास गर्नुपर्नेमा पाेखरेलकाे जाेड
फाइल तस्बिर
सभामुख कृष्णबहादुर महराले सात ओटै प्रदेशमा प्राकृतिक चिकित्सा अध्ययनका लागि शैक्षिक संस्था आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्राकृतिक चिकित्सा दिवशको बुधबार उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।
प्राकृतिक चिकित्सालाई स्वास्थ्यक्षेत्रमा मूलप्रवाहीकरण गर्नु पर्नेमा जोड दिँदै प्राकृतिक चिकित्सामा स्वास्थ्यमा देखिने समस्या समाधान गर्ने क्षमता रहेको जिकिर गरे । विश्व स्वास्थ संगठनले सन् २०३० सम्म मानिसहरु अत्यन्तै ठूलो चिन्ताको सिकारले ग्रस्त हुने बताएको छ ।
सोही कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गीरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सालाई वैकल्पिक चिकित्सा प्रणाली भनी नामाकरण नै राम्रो नभएको बताए । पोखरेलका अनुसार प्राकृतिक चिकित्सा परापूर्व कालदेखिकै उपचार पद्दति हो ।
यही पद्दतीबाट सबै चिकित्साको सुरुवात भएको पोखरेलले दावी गरे । प्रतिप्रश्न गर्दै पोखरेलले भने ‘अनि कसरी वैकल्पिक भयो ?’ प्राकृतिक चिकित्सालाई मूलधारको चिकित्सा प्रणालीमा विकास गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिए । योग,आयूर्वेद र प्राकृतीक चिकित्सालाई मिलाएर राष्ट्रिय चिकित्सा बनाउने उनको भनाई रहेको थियो ।
प्रकाशित समय १८:१३ बजे

















