गृहपृष्ठ क्रिकेट खेलाडीले खोले टेरा मोटर्सको सोरुम

क्रिकेट खेलाडीले खोले टेरा मोटर्सको सोरुम

Showroom newskarobar

जापानिज सवारीसाधन उत्पादन गर्ने टेरा मोटर्सको आधिकारिक सोरुम विराटनगरमा खुलेको छ । विराट अटो ट्रेडर्सको नाममा विराटनगरको बरगाछीमा सञ्चालनमा ल्याइएको सोरुमको नेपाली कांग्रेसका नेता भक्तिनाथ माझीले उद्घाटन गरे ।Showroom newskarobar

अन्डर नाइन्टिन क्रिकेट टोलीका पूर्वकप्तान युनिल श्रेष्ठले सञ्चालनमा ल्याएको सोरुममा जापानको टेरा मोर्टसले उत्पादन गर्ने इलेक्ट्रोनिक्स स्कुटी, ई–रिक्सा र कर्गो भ्यानको बिक्री गर्ने जनाइएको छ । सोरुमले बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले बिक्रीमा ल्याएको इलेक्ट्रोनिक्स स्कुटी एकपटक चार्ज गर्दा ८० किलोमिटरसम्म कुदाउन सकिने सोरुम सञ्चालक श्रेष्ठले जानकारी दिए ।

आफ्नै सर्भिस स्टेसनसहित सञ्चालनमा ल्याइएको सोरुमले विराटनगरसहित आसपासका गाउँपालिकाका उपभोक्तालाई सेवा पु¥याउनेछ ।

प्रकाशित समय २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु