गृहपृष्ठ बडिमालिकाका सबै वडामा इन्टरनेट जडान

बडिमालिकाका सबै वडामा इन्टरनेट जडान

badimalika-municipality-bajura-newskarobar

बाजुराको बडिमालिका नगरपालिकाका नौ वटै वडामा इन्टरनेट जडान गरिएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्न प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ‘ई–बडिमालिका नगरपालिका’ नारा अघि सारेर इन्टरनेट जडानको योजनालाई प्राथमिकता दिएको थियो । सेवाग्राहीलाई छिटोछरितो, सहज र पारदर्शी सेवा प्रवाहका लागि नगरपालिकाले प्रविधिमैत्री वडा निर्माणमा विशेष महत्व दिएको जनाएको छ ।

इन्टरनेट जडानसँगै जन्मदर्ता, सामाजिक सुरक्षा भत्ताको लगत संकलन, विभिन्न तथ्यांक दाखिला गर्नदेखि वडाबाट प्रदान गरिने विभिन्न सेवा सुविधामा सहज भएको छ ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु