गृहपृष्ठ समाज विकासका लागि अन्तिम गुहार माग्दै छौं : धुर्मुस

समाज विकासका लागि अन्तिम गुहार माग्दै छौं : धुर्मुस

चितवनमा रंगशाला बनाउन साढे पाँच करोड जुट्यो

gauram-buddha-rangasala_NewsKarobar

चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पाँच करोड ५० लाख जुटेको छ । धुर्मुश-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पत्रकार सम्मेलन गरी रकम संकलनबारे जानकारी गराएका हुन् ।

रंगशाला निर्माण गर्न तीन अर्ब लागत अनुमान गरिएको छ । उनले रंगशाला निर्माणमा सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेका छन् । सबै नेपालीलाई अपनत्व महसुस गराउन सके रंगशाला तोकिएको समयअघि नै सम्पन्न हुने उनको भनाइ छ । रकम संकलनका लागि फाउन्डेसनले विदेशमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मलेसियामा कार्यक्रम गरिसकेको फाउन्डेसनले अब जापान, अस्ट्रेलिया र दुबईमा कार्यक्रम गर्दै छ । त्यस्तै, आर्थिक संकलनका लागि जिल्ला‑जिल्लामा पनि समिति गठन भइरहेको छ । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागिरहेको धुर्मुसले बताए ।

एक महिनाअघि भरतपुर महानगरपालिकासँग क्रिकेट रंगशला निर्माणका लागि धुर्मुस– सुन्तली फाउन्डेसनसँग जग्गा सम्झौता भएको थियो ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु