गृहपृष्ठ तिहार, छठ र नेपाल संवतका अवसरमा टेलिकमको छुटैछुट

तिहार, छठ र नेपाल संवतका अवसरमा टेलिकमको छुटैछुट

nepal-telecom-newskarobar

नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा कम्पनीका सेवाहरुमा आकर्षक छुट उपलब्ध गराउने भएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइनेछ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफरलाई पनि निरन्तरता दिइएको छ ।

जीएसएम, सीडीएमए प्रिपेड, पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिनेछ । यो योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस ३ दिनभित्र र ५०० र १००० को बोनस ५ दिन भित्र उपयोग गरिसक्नुपर्नेछ ।

यी अफर निरन्तर
१. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहनेछ ।

२. पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ ।

३. पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ ।

४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ

५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क ३२० रुपैयाँमा आगामी छठसम्म निःशुल्क गरिएको छ ।

प्रकाशित समय २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु