गृहपृष्ठ कश्मिरमा आतंकवादी समूहद्वारा सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मी मारिए

कश्मिरमा आतंकवादी समूहद्वारा सेनाका कर्णेलसहित पाँच सुरक्षाकर्मी मारिए

भारतको उत्तरी कश्मिरमा भारतीय सेना र आतंकवादी समूहको भिडन्त हुँदा पाँच जना सुरक्षाकर्मी मारिएका छन् । शनिबार साँझदेखि कश्मिरको हन्दवाडामा भएको भिडन्तमा पाँच सुरक्षाकर्मी र दुई जना आतंकवादीको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको हो । मारिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गुमाएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् ।

आतंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेको दैनिक भास्करले उल्लेख गरेको छ । आतंकवादीले घरका सदस्यलाई बन्धक बनाएका थिए । उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु