गृहपृष्ठ महालक्ष्मी विकास बैंकको कामु सिइओमा सागर शर्मा

महालक्ष्मी विकास बैंकको कामु सिइओमा सागर शर्मा

महालक्ष्मी विकास बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी दिएको छ । बैंकले साउन २ गते बसेको सञ्चालक समिति बैठकले शर्मालाई कामु सिइओको जिम्मेवारी दिएको हो ।

जिम्मेवारी सम्हाल्दै कामु सिइओ शर्माले बैंकप्रतिको जनविश्वास र निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाए । बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन उनले आग्रह गरे ।

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु