गृहपृष्ठ कोभिड १९ ले टेलिकमको आम्दानी ६ प्रतिशत कम
कोभिड १९ ले टेलिकमको आम्दानी ६ प्रतिशत कम
कोरोनाभाइरस (कोभिड १९) ले नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिकसम्मको कुल सेवाबापतको आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार रहेकोमा गत वर्षको सोही अवधिमा कुल सेवाबापतको आयमा ६.२ प्रतिशतले कमी आई ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार रहेको छ ।
टेलिकमका अनुसार गत आवको चौथो त्रैमासिकसम्मको कुल आयमा सेवाबापतको आयमा कमी आउनुका कारण यस्ता छन् :
(क) कम्पनीका सेवाहरुमध्ये लिज्ड लाइन, एफटिटिएच र जिएसएम डेटाबाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजस्वमा कमी आएको, तुलनात्मक रुपमा लिज्ड लाइन र एफटिटिएच सेवा कम्पनीका अन्य सेवाभन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजस्वले अन्य सेवाबाट हुने राजस्वको कमीलाई परिपूर्ति गर्न नसक्ने । विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा अघिल्लो वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत वर्षको सोही त्रैमासिकसम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजस्व दुई अर्ब २९ करोड २८ लाखले न्यून हुन गएको ।
(ख) कम्पनीले रिचार्ज कार्डको बपक्रीमा २०७५ चैत १ देखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको । कुल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड बिक्रीअघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवाबापतको आय घटेको । अघिल्लो वर्षको तुलनामा गत आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजारले वृद्धि भएको ।
(ग) फोर जी सेवाको विस्तारको कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिको मध्येबाट राजस्व वृद्धि उन्मुख रहेकोमा विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङलगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटिटीको बढ्दो प्रयोग जस्ता कारणले जिएसएम तथा पिएसटिएन भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोडको कमी भएको तथा डेटा सेवातर्फ करिब ७५ करोड वृद्धि भएको । यी कारणले गर्दा समीक्षा अवधिमा राजस्वमा करिब १५ प्रतिशत (एक अर्ब ९५ करोड) ले गिरावट आएको ।
(घ) कोभिड महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषणा गरिएको लकडाउन गत वर्षको चौथो त्रैमासिकमा पनि निरन्तर रहेकाले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको । सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टप‑अपमा शतप्रतिशत बोनसबापत ५३ करोड ४० लाखभन्दा बढी, मोबाइल डेटाको दरमा ३० प्रतिशतसम्म छुट दिई २२ करोड ८३ लाखभन्दा बढी तथा जिरो भ्यालु कलबापत ५ करोड ३० लाखभन्दा बढीको निःशुल्क सेवा दिएको हुनाले राजस्वमा प्रत्यक्ष असर गरेको ।
३. कोभिड १९ महामारीसँग सम्बन्धित रहेर सरकारका निकायहरुको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधा उपलब्ध गराएको । साथै, सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० करोड योगदान गरेको ।
४. उल्लिखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलब वृद्धि, कर्मचारीलाई उपलब्ध गराइएको ऋण आदिको कारणले व्ययभार बढ्न गई फामा असर परेको छ ।
प्रकाशित समय १२:०५ बजे

















