गृहपृष्ठ विश्वकप क्वाटरफाइनलमा कसको प्रतिस्पर्धा कोसँग ?

विश्वकप क्वाटरफाइनलमा कसको प्रतिस्पर्धा कोसँग ?

रुस विश्वकपमा अन्तिम ८ मा प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लागेको छ । ३२ देश भिँडेको प्रतियोगितामा अब ८ टोली, त्यसपछि ४ र २ टोलीमा विजयी हुनेले उपाधि उचाल्नेछ ।
इंग्ल्याण्ड, स्वीडेन, क्राेयशिया, रुस, उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा स्थान पक्का गर्ने टोली हुन् ।

अहिलेसम्म अरुलाई पराजित गर्दै आएका यी टोलीमध्ये पनि चार टोली क्वाटरफाइनलबाट घर फर्किनेछन् । असार २२ गते राति पौने ८ बजे उरुग्वे र फ्रान्समध्ये एक टोली सेमिफाइनलमा जाने छ भने एउटा घर फर्किने छ ।

असार २२ गते नै राति पौने १२ बजे ब्राजिल र बेल्जियममध्ये एउटा टोली घर फर्किनेछ । यस्तै असार २३ गते राति पौने ८ बजे स्वीडेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ र जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउनेछ । असार २३ गते नै राति पौने १२ बजे आयोजक रुस र क्रोएसियाबीच हुने खेलको विजयी टोली अघि बढ्नेछ ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु