गृहपृष्ठ विद्यार्थीलाई निर्घात कुटपीट गर्ने दुई शिक्षक बर्खास्त, कारबाही हुने डरले फरार

विद्यार्थीलाई निर्घात कुटपीट गर्ने दुई शिक्षक बर्खास्त, कारबाही हुने डरले फरार

bad teacher_newskarobar

भारतीय प्रान्त छत्तीसगढस्थित कोरिया जिल्लामा दुई शिक्षकले विद्यार्थीलाई कठोरतापूर्वक कुटपीट गर्ने गरेको घटना बाहिरिएको छ । बैकुन्ठपुरको केनपारामास्थित जवाहर नवोदय विद्यालयका शिक्षकहरु बीपी गुप्ता र जेके चक्रवर्ती घटना बाहिरिएलगत्तै भागेका छन् ।

घटनासँग जोडिएका दुबै शिक्षकको पद विद्यालयले बर्खास्त गरिदिएको छ । सिटी कोतवाली प्रभारी रविन्द्र अनन्तले बच्चाहरुको बयानका आधारमा दुबै शिक्षकविरुद्ध ३४२, ३२३ २, ५९६ ४३ र किशोर न्याय बोर्डको धारा ७५ बमोजिम मुद्दा दर्ता गरिएको छ ।

भागेका दुबै शिक्षकको खोजी भइरहेको प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक श्रीनिवास रायले दुबै शिक्षकलाई बर्खास्त गरिएको र उनीहरु अब विद्यालयमा नरहेको बताएका छन् ।

प्रकाशित समय १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु