गृहपृष्ठ सिन्जो आबे लिबरल डेमोक्र्याटिकको अध्यक्षमा निर्वाचित
सिन्जो आबे लिबरल डेमोक्र्याटिकको अध्यक्षमा निर्वाचित
जापानी प्रधानमन्त्री सिन्जो आबे उनको दल ‘लिबरल डेमोक्र्याकिट’को अध्यक्षमा पुनः निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा आबे अध्यक्षमा निर्वाचित भएको बताइएको छ ।
६३ वर्षीय प्रधानमन्त्री आबेले निर्वाचनमा ५५३ मत प्राप्त गरेको तथा उनका प्रतिश्पर्धी बनेका जापानका पूर्व रक्षामन्त्री सिगेरु इसाबले २५४ मत पाएको बताइएको छ । यससँगै ६३ वर्षीया आबेले जापानको प्रधानमन्त्रीत्व थप समय सम्हाल्ने सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।
प्रकाशित समय १४:१७ बजे