गृहपृष्ठ प्रस्तावित अख्तियार प्रमुख भन्छन्– भ्रष्टाचार रोक्नु चुनौती

प्रस्तावित अख्तियार प्रमुख भन्छन्– भ्रष्टाचार रोक्नु चुनौती

nabinkumar_newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविन घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो चुनौति रहेको बताएका छन् । संसदीय सुनुवाइ विशेष समितिले उनको सुनुवाइ गर्ने क्रममा घिमिरेले यस्तो बताएका हुन् ।

संसदीय सुनुवाइका क्रममा घिमिरेर सांसदहरुलाई भ्रष्टाचार नियन्त्रण गर्नु चुनौति भए पनि आफू त्यसमा खरो उत्रने बताए । ‘सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण गर्नै पर्छ,’ संसदीय सुनुवाइका क्रममा घिमिरेले भनेका छन्, ‘त्यसका पक्षमा काम गर्छु ।’

त्यसका लागि अख्तियारको क्षमता वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताएका घिमिरेले सिधै घुस लिन छाडेकाले अख्तिायारलाई चुनौति थपिएको उल्लेख गरे ।

यही भदौ २० गतेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो । घिमिरे अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुन् ।

संवैधानिक परिषदले अख्तियार प्रमुखमा सिफारिस गरेपछि संसदीय सुनुवाइ विशेष समितिले उनको सुनुवाइ सुरु गरेको छ । समितिले उनका विरुद्ध उजुरी माग गरे पनि उजुरी दर्ता नभएको बताइएको छ ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु