गृहपृष्ठ कति सुरक्षित छ डोनाल्ड ट्रम्पको फोन कल ?
कति सुरक्षित छ डोनाल्ड ट्रम्पको फोन कल ?
चिनिया र रुसी जाशुसले सुन्छन् : खुफिया एजेन्सी
न्युयाेर्क टाइम्समा प्रकाशित रिपोर्ट ।
एक समय थियो अमेरिकामाथि विश्वका चर्चित नेताहरुको जाशुसी गरेको आरोप लाग्यो । जर्मन चान्सलर एन्जेला मर्केलको फोन कल सुन्ने गरेको आरोप लागेको पनि धेरै भएको छैन । त्यस्तै विकिलिक्सले अमेरिकाका धेरै गोप्य दस्तावेज सार्वजनिक गरेको थियो जसमा विभिन्न राष्ट्रका आन्तरिक मामिलामा अमेरिकाले राखेको चासोको चित्रण गर्दथ्यो ।
यी त भए जाशुसीका कुरा भेनेजुएला लगायतका राष्ट्रलेत आफ्नो निर्वाचनमा अमेरिकाले प्रभाव पार्ने बताउँने गरेका छन् । तर अमेरिकामै राष्ट्रपतिका लागि भएको पछिल्लो निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाइयो । उक्त आरोपमा रुसले ट्रम्पलाई जिताउन भूमिका खेलेको बताइएको थियो । तर, डोनाल्ड ट्रम्प र रुस दुवैले यो आरोप अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो समय अमेरिकाले व्यापारका सम्बन्धमा अख्तियार गरेको नीतिका कारण विश्व बजार तरंगित भइरहेको छ । त्यसको असरबाट अमेरिका चीन र रुससमेत मुक्त छैनन् । यसरी तरंगित भइरहेको विश्व राजनीतिमा पछिल्लो चर्चाको विषय भएको छ अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल । ट्रम्पको फोनकल सुरक्षित नभएको समाचार अमेरिकाबाटै बाहिरिएको छ ।

अमेरिकी खुफिया एजेन्सीको भनाई भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार आफ्नो आइफोनबाट ट्रम्पले गरेको कुराकानी चिनीया जाशुसले सुन्छन् । आफ्नो आइफोनबाट ट्रम्पले मित्रसँग जे कुरा गर्छन्, त्यो चिनिया जाशुसले सुन्छन् ।
अमेरिकी मिडियामा यस्तो समाचार प्रकाशित भएपछि चीनले त्यसको प्रतिक्रिया दिएको समेत समाचार आइसकेका छन् । उक्त समाचार अनुसार चीनले ट्रम्पलाई आइफोनको बदला हुवावेई फोन बोक्न सुझाव दिएको छ ।
न्युयोर्क टाइम्सले दुई दिन पहिले प्रकाशित गरेको समाचारमा ट्रम्पले आइफोनमा आफ्ना पुराना मित्रसँग गरेको कुरा रुसी र चिनीया जाशुसले सुन्ने गरेको उल्लेख थियो । सोहि विषयमा चीनको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता हुआ चुनइंगले समाचारमा सत्यता नभएको प्रतिक्रिया दिएका थिए । ‘रिपोर्टबाट यो बुझिन्छ कि न्युयोर्क टाइम्स गलत समाचार छाप्छ,’ हुआले भने ।
प्रवक्ता हुआले ट्रम्पलाई आफ्नो आइफोनप्रति शंका भए हुवावेई फोन सेट प्रयोग गर्न सुझाव दिए । रोचक कुरा त के भने आइफोन अमेरिकी कम्पनीले उत्पादन गर्ने मोबाइल फोन हो भने, हुवावेई चिनिया कम्पनीले उत्पादन गर्ने मोबाइल हो । यसबाट पनि हैरानी नहटे सबै उपकरण प्रयोग गर्न बन्द गरेर बाहिरी दुनियासँगको सम्पर्क समाप्त गर्नुपर्ने जनाएको समाचारमा उल्लेख छ ।
न्युयोर्क टाइम्सको रिपोर्टमा अधिकारीको हवाला दिँदै भनिएको छ, चीनसँग यस्ता आधुनिक उपकरण छन् जो फोन कलको इन्टरसेप्ट गर्न सक्छन् । अगाडि भनिएको छ, बेइजिङ कुनै पनि हालतमा अमेरिकाको साथ भइरहेको ‘व्यापार युद्ध’ (ट्रेड वार) रोक्न चाहन्छ ।
The so-called experts on Trump over at the New York Times wrote a long and boring article on my cellphone usage that is so incorrect I do not have time here to correct it. I only use Government Phones, and have only one seldom used government cell phone. Story is soooo wrong!
— Donald J. Trump (@realDonaldTrump) October 25, 2018
सत्यता छैन : ट्रम्प
उता, अमेरिकी राष्ट्रपति ट्रम्प स्वयमले भने यसलाई ‘फेक स्टोरी’ भनेका छन् । उनले उक्त रिपोर्टप्रति लक्षित गर्दै भनेका छन्, ‘न्युयोर्क टाइम्सले मेरो सेलफोनको बारेमा लामो र दिक्कलाग्दो रिपोर्ट प्रकाशित गर्यो ।’ ट्रम्पकै शब्दमा रिपोर्ट पूरै गलत छ ।
प्रकाशित समय १६:३९ बजे

















