गृहपृष्ठ ताजा खबर
भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पताल प्रि–फ्याव भवनबाटै सञ्चालन हुँदै आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट नवनिर्मित भवन क्षतिग्रस्त भएपछि विदेशी संस्थाद्वारा निर्मित तीन वटा प्रि–फ्याव भवनबाट अस्पताल सञ्चालन हुँदै आएको हो...
स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहन स्वरुप निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘स्वास्थ्यका क्षेत्रमा महिला स्वयंसेविकाको योगदान महत्वपूर्ण छ’, अध्यक्ष...
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सातौँ दिन अर्थात् (शनिबार) १८ वटा खेलहरु हुँदै छन् । विभिन्न स्थानमा विभिन्न खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । काठमाडौँ, पोखरा र जनकपुरमा आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ,...
संघीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपाली वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच...
परम्परागत पेशालाई निरन्तरता दिँदै आएका आदिवासी जनजातिलाई सरकारले लोपोन्मुख, सीमान्तकृत र अल्पसंख्यक समुदायमा सूचीकृत गरेको छ । लोपोन्मुख अवस्थामा पुगेका १० जातिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका छन् । ती लोपोन्मुख जातीमा राजी, राउटे, कुसुण्डा, हायु, किसान, लेप्चा, मेचे, कुशवाडिया,...
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने भएको छ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउने उद्देश्यले मञ्जिना...
यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको संख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको संख्या दैनिक २०० को हाराहारीमा पुगेको छ ।...
राजधानीमै एक किमि सडक निर्माण सुरु भएको वर्षौँ बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीयवासी धुलो एवम् हिलोबाट पीडित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित चामुण्डा मन्दिरबाट वडा नं ८ आरुबारी पुग्ने करीब एक किमी सडक वर्षौदेखि अलपत्र छ । आठ...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले कालापानी र लिपुलेक हाम्रो भूमि भएको अडान देखाउँदै नेपालको...
खुसी लाग्यो तपाईंहरु ठूलो बैंक हुनुभयो । राष्ट्रिय वाणिज्य बैंकको खर्बमा निक्षेप हुँदा खुसी लागेको थियो । त्यसपछि अरु बैंक हुने बेलामा तपाईंहरु २ सय अर्बमाथिको बैंक हुनुभयो । ठूलो हुँदा राम्रै हुन्छ । बैंकहरु पहिले पहिले अग्ला अग्ला भवन...











