गृहपृष्ठ विराटनगरको बी प्लटमा फुटपाथ बजार लगाउन रोक
विराटनगरको बी प्लटमा फुटपाथ बजार लगाउन रोक
महानगरपालिकाले विराटनगरको मेनरोडस्थित बी प्लटमा फुटपाथ बजार लगाएपछि व्यापारी विरोधमा उत्रिएका छन् । व्यापारीले फुटपाथ पसल थाप्न जबर्जस्ती पाल ओछ्याउन थालेपछि प्रहरीले हस्तक्षेप गरेपछि व्यापारी विरोधमा उत्रिएका हुन् ।
सो ठाउँ पार्किङका लागि छुट्टयाइएकाले पसल थाप्न नमिल्ने प्रहरीले बताएपछि ब्यापारीले प्रतिवाद गरेका थिए । उनीहरुले शनिबार एक दिन पसल थाप्न पाउनुपर्ने माग गरेका थिए ।
तर, प्रहरीले पसल थाप्न नदिएपछि उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । पसल थाप्न नपाएपछि व्यापारीले बी प्लटमा धर्ना दिएका छन् । ८५ जना खुद्रा व्यापारीले केही वर्षयता प्रत्येक शनिबार सो ठाउँमा पसल थाप्दै आएका थिए ।
केही समयअघि विराटनगर महानगरपालिका र स्थानीय प्रशासनले बी प्लटलाई पार्किङस्थलका रुपमा तोकेर फुटपाथ पसल लगाउन नदिने निर्णय गरेको थियो । सो निर्णयका कारण आफूहरुको रोजीरोटी गुम्ने भन्दै खुद्रा व्यापारीले महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापनसमेत बुझाएका छन् ।
प्रकाशित समय १५:२८ बजे
















