गृहपृष्ठ बुटवल नगरभित्र नक्सा बनाउँदा तीन गुणा सस्तो
बुटवल नगरभित्र नक्सा बनाउँदा तीन गुणा सस्तो
नेपालमै पहिलो पटक बुटवल उपमानगरपालिकाले सुरु गरेको नक्सा बनाउने कार्य नीजी कन्सट्यान्टहरुमा भन्दा तीन गुणा सस्तो भएको पाइएको छ । बुटवल उप–महानगरपालिका वडा–१३ नयाँगाउँका नरहरी भुषालले नक्सा बनाउँदा आफूलाई तीन गुणा सस्तो परेको बताए ।
१ हजार बर्गफिटभित्र घर नक्सा बनाउँदा करिब १५ हजार रुपैयाँ लाग्ने भए पनि नगरपालिकामा ५ हजारमा नक्सा बनाएको उनले बताए । बुटवल उपमानगरपालिकाले नक्सा हेल्प डेक्स मार्फत केही महिनादेखि शुरु गरेको एक हजार बर्गफिटभित्र ओगटेर घर, कार्यालय वा भवन निर्माण गर्दा नगरपालिकाले नै आँफै नक्सा निर्माण गरिदिँदै आएको छ ।
प्रकाशित समय १६:२७ बजे
















