गृहपृष्ठ अधिकार दिन प्रधानमन्त्रीले कञ्जुस्याइँ गर्नुभयो : भरत खड्का

अधिकार दिन प्रधानमन्त्रीले कञ्जुस्याइँ गर्नुभयो : भरत खड्का

बोलीमा लगाम लगाउन सुझाव

नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिमका प्रदेशसभा सदस्य भरत बहादुर खड्काले प्रदेशलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तर, त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार दिन कञ्जुस्याँई गरेको उनले आरोप लगाए ।

‘अहिले झगडा गर्ने बेला होईन,’ बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रदेशलाई अधिकार दिनुपर्छ त्यसमा कञ्जुस्याँई गर्नु हुँदैन ।’ केन्द्रले निरंकुश सोच राखेको आरोप लगाउँदै वर्तमान सरकार असफल भए देश ठूलो द्वन्द्वमा जाने र राष्ट्रिय अस्मितामाथि प्रश्न उठ्ने उनको भनाई थियो ।

‘प्रदेशमा हामीले २ पटकसम्म बजेट ल्याइसक्यौं । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन,’ उनले भने, ‘बजेट कार्यान्वयन गर्ने संयन्त्र छैनन्, त्यतातिर संघीय सरकारले ध्यान दिनुपर्याे ।’

आफ्ना कार्यकर्ताहरुलाई कहिले अरिंगल त कहिले मौरी बन्नु भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति उल्लेख गर्दै उनले बोलीमा नियन्त्रण गर्न सुझब दिए ।

‘संघीय प्रणली नयाँ प्रयास भएकाले यस्तो अवस्थामा तीनै तहबीच सहकार्य, समन्वय र एकता हुनुपर्छ,’ उनले भने, ‘अहिले झगडा गर्ने बेला होइन । यही तरिकाले गयो भने ठूलो दुर्घटना हुन्छ ।’ उनले संघीय मोडेल फेल खायो भने मुलुक फेल खाने बताए ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु