गृहपृष्ठ भाषण सकिएलगत्तै अचेत भएका पाँचथरस्थित फाल्गुनन्द गाउँपालिका अध्यक्षको निधन
भाषण सकिएलगत्तै अचेत भएका पाँचथरस्थित फाल्गुनन्द गाउँपालिका अध्यक्षको निधन
पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शनिबार निधन भएको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष नेम्बाङले भाषण गरेका थिए । भाषण सकिएलगत्तै उनी ढलेका थिए ।
जनप्रतिनिधिका लागि क्षमता अभिवृद्धि तालिममा प्रमुख अतिथिका रूपमा सहभागी नेम्बाङले मन्तव्य राखेका थिए । तर, मन्तव्य सकिनेवित्तिकै आफ्नो सिटमा बस्न नपाउँदै उनी अचेत भइ ढलेका थिए ।
अचेत अवस्थामा पुगेका नेम्बाङको होस नआइ ज्यान गएको हो । मञ्चमै बेहोस भई ढलेका गाउँपालिका अध्यक्षलाई स्थानीयले उपचार गर्न खोजे पनि उनको मृत्यु भएको थियो । उनी मधुमेह र रक्तचापका बिरामी रहेको बुझिएको छ । नेम्बाङ कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित समय १९:१९ बजे

















