गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३४)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३४)
सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ?
१. मंगल ग्रहका दुई उपग्रहरु फावोस र डिबोस कसले पत्ता लगाएका हुन् ?
– अमेरिकी खगोलबिद असाफ हाल (सन् १८७७)
२. फावोस र डिबोस कुन ग्रहका उपग्रह हुन् ?
– मंगलग्रह
३. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय कुन हो ?
– IAU(International Astronomical Union)
४. पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा हो ?
– साइरस
५. अधिक वर्ष ३६६ दिनको हुन्छ भने यस्तो वर्षमा थप भएको एक दिन कुन महिनामा जोडिन्छ ?
– फेब्रुअरी महिना
५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ?
– पाँच वटा
६.सौर्यमण्डलमा १६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ?
– ३,२०० बढी
७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ?
– सन् २००६ अगस्ट (चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट)
८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ?
– पुड्का ग्रहको समूहमा
९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ?
– ४ अर्ब ६० करोड वर्ष अगाडि
१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
– सूर्य
११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ?
– ७४० गुणा
१२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ?
– ३ करोड ५० लाख फरेनहाईट
१३. सूर्यको प्रकाश पृथ्वीसम्म आईपुग्न कति समय लाग्छ ?
– ८ मिनेट २० सेकेन्ड
१४. सूर्यमा सबैभन्दा बढी कुन तत्व छ ?
– हायड्रोजन ग्यास (७४.४)
१५. सौर्य बतासको वेग प्रतिसेकेण्डमा कति हुन्छ ?
– करिब ५०० किमि प्रतिसेकेण्ड
१६. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो ?
– बुध ग्रह
१७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?
– मेसेञ्जर
१८. बुधग्रहमा एउटा ठूलो खाल्डो छ, त्यो खाल्डोको नाम के हो ?
– क्यालोरिस बासिन
१९. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?
– बुध ग्रह
२०.सूर्यबाट दोस्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
– शुक्र ग्रह
प्रकाशित समय ०७:५४ बजे















