गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४१)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४१)
सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?
१. सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?
‑ बेलायती वैज्ञानिक माइकल हटन र अमेरिकी वैज्ञानिकहरु जे अल्टर र चार्ल्स एम राइस (हेपाटाइटिस सी जीवाणु पत्ता लगाएकोमा)
२. लोकसेवा आयोगको प्रतीक चिह्नमा उल्लिखित नारा के हो ?
– योग्यता, निष्पक्षता, स्वच्छता
३. ब्रिक्स बैंकको स्थापना कहिले भएको हो ?
– सन् २०१४ जुलाई १५
४. गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९५५ अगस्ट २७
५. रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ?
‑ चीन (सन् २०१८)
६. सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?
‑ २०७५ मंसिर ११ गते
७. विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ?
‑ जापान (सन् २०१८ सेप्टेम्बर)
८. सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट कसलाई सम्मान गरियो ?
‑ लक्ष्मणदत्त पन्त
९. बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैंकले कहिले गरेको हो ?
‑ २०७६ फागुन २२
१०. राष्ट्रिय कलाश्री पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
‑ साहित्यकार गणेश रसिक (पुरस्कार राशि १ लाख)
११. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन २०२० कहाँ सम्पन्न भयो ?
‑ नेपाल
१२. नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ?
नुवाकोट
१३. देउकेटा प्रथा कहाँ छ ?
‑ दैलेख
१४. सुधारसम्बन्धी ‘क्वाइट रिभोल्युसन’ नामक प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्रसंघीय महासचिव को हुन् ?
‑ कोफी अन्नान
१५. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसंघीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
‑ सन् २०१६ सेप्टेम्बर १९
१६. चुम्बकले आफ्नो वरिपरि रहेको चुम्बकीय वस्तु वा अर्को चुम्बकलाई असर पार्न सक्नेसम्मको क्षेत्रलाई के भनिन्छ ?
‑ चुम्बकीय क्षेत्र
१७. पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?
‑ लमही (दाङ)
१८. प्रसिद्ध भाजुपोखरी कहाँ पर्छ ?
‑ भक्तपुर (१२औँ शताब्दीमा निर्माण भएको)
१९. ‘तेक्वान्दो क्विन’ भनेर चिनिने नेपाली खेलाडी को हुन् ?
‑ संगिना बैद्य
२०. युरोपेली संघको प्रधान कार्यालय कहाँ छ ?
‑ बेल्जियमको ब्रसेल्स
प्रकाशित समय ०६:५७ बजे















