गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४२)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ४२)

नेपालको पहिलो मदिरा निषेधित स्थानीय तह कुन हो ?

loksewa-newskarobar.com

१. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

– जापान

२. नौमती बाजामा कुन-कुन बाजा पर्छन् ?

– दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, कर्नाल र नरसिंहा

३. स्वच्छ वातावरणको हकसम्बन्धी व्यवस्था नेपालको संविधानको कति धारामा छ ?

– धारा ३०

४. अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ?

– अक्टुबर १७

५. संयुक्त राष्ट्र संघको डिकेट इन रिभ्युअनुसार दशककै प्रसिद्ध किशोरीको रुपमा घोषित हुन सफल व्यक्ति को हुन् ?

– मलाला युसुफजाई

६. नेपालको पहिलो मदिरा निषेधित स्थानीय तह कुन हो ?

– मुगुको रारा छायानाथ नगरपालिका (२०७५ मंसिर)

७. हिमालयन इन्साइक्लोपेडिया भनेर कसलाई चिनिन्छ ?

– एलिजावेथ हली

८. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज से-फोक्सुण्डो कति क्षेत्रफलमा फैलिएको छ ?

– तीन हजार ५५५ वर्ग किमी

९. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक जिताउने खेलाडी को हुन् ?

– धावक जितबहादुर केसी

१०. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

– २०६९ माघ

११. जीवित देवी मानिने कुमारीको प्रचलन कहिलेदेखि सुरु भएको हो ?

– लिच्छविकाल

१२. संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको सदस्यमा नेपाल कुन अवधिका लागि पुनः निर्वाचित भएको छ ?

– सन् २०२१-२३

१३. आनुवंशिक सिद्धान्तका पिता (फादर अफ जेनेटिक्स) भनेर कसलाई चिनिन्छ ?

– ग्रेगर जोन मेन्डल

१४. विश्व भोकमरी सूचकांकमा नेपाल कति स्थानमा छ ?

– ७३औँ

१४. युवकको निमन्त्रणामा युवती घुम्न जाने प्रथालाई के भनिन्छ ?

– सैरली प्रथा

१५. कसरा ताल कुन जिल्लामा पर्छ ?

– चितवन

१६. झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

– बागलुङ

१७. नेपाल र मौरिससबीच श्रम सम्झौता कहिले भएको हो ?

– २०७६ जेठ २८

१८. डुइङ बिजनेस रिपोर्ट २०२० अनुसार नेपाल कुन स्थानमा छ ?

– ९४औं स्थानमा

१९. नेपालले पहिलो एक दिवसीय क्रिकेट कुन देशसँग कहिले खेलेको हो ?

– नेदरल्यान्ड, २०१८ अगस्ट १

२०. विश्वकप फुटबल २०१८ मा गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को हुन् ?

– ह्यारी केन (बेलायत)

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु