गृहपृष्ठ खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा

खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै लोकसेवा

loksewa_newskarobar

लोकसेवा आयोगले खरिदारदेखि सहसचिवसम्म खुला प्रतिस्पर्धाका लागि आवेदन माग गर्ने भएको छ । संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदबाट खरिदार, उपसचिव र सहसचिव पदमा खुला भर्ना लिने व्यवस्था हटाइए पनि लोकसेवाले संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको जनाउँदै नियमित प्रक्रियाअन्तर्गत नै भर्ना खुला गर्न लागेको हो ।

आयोगले हरेक वर्ष असोजदेखि नयाँ आवेदन माग गर्छ । सहसचिव र उपसचिव असोजमा खुल्छ भने अधिकृत मंसिरमा, नायब सुब्बा पुसमा र खरिदार फागुनमा खुल्छ । यो वर्ष सोही कार्यतालिकाअनुसार आवेदन माग गर्ने तयारी लोकसेवाले गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले आयोगलाई विवरण बुझाउनुअघि रिक्त दरबन्दीबारे जानकारी गराउन अन्य सबै मन्त्रालयलाई पत्राचार गरिसकेको जनाएको छ । केही मन्त्रालयले विवरण पठाइसकेका छ ।

सरकारले संघीय र प्रदेशमा स्थायी रूपमै संगठन तथा व्यवस्थापन सर्भे गरेको छ । जसअनुसार केन्द्रमा करिब ४५ हजार, प्रदेशमा करिब २१ हजार र स्थानीय तहमा करिब ५७ हजार दरबन्दी कायम गरिएको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु