गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १०)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १०)
‘साफ्टा’ को अवधारणा ल्याउने सार्क देश कुन हो ?
१. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता (कोप २१) कहिलेबाट लागू भएको हो ?
– २०१६ नोभेम्बर ४
२. ‘डिभाइन कमेडी’ नामक पुस्तकका लेखक को हुन् ?
– दाँते
३. मानदेवले प्रचलनमा ल्याएको मुद्रलाई मानांक भनिन्छ भने महेन्द्र मल्लले प्रचलनमा ल्याएको मुद्रलाई के भनिन्छ ?
– महेन्द्र मल्ली
४. भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने भ्रमणका लागि कहिले नेपाल आएका थिए ?
– सन् २०१६ नोभेम्बर २-४
५. साल्पापोखरी कुन जिल्लामा पर्छ ?
– भोजपुर
६. अन्तर्राष्ट्रिय खाद्य दिवस कहिले पर्छ ?
– अक्टुबर १६
७. राणाकालीन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो भने भीमसेन थापाको पालामा नेपाललाई कति भागमा विभाजन गरिएको थियो ?
– ३९
८. राष्ट्रिय युवा नीति २०७२ ले कुन उमेर समूहलाई युवा मानेको छ ?
– १६ देखि ४० वर्ष
९. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भएको हो ?
– २०७२ मंसिर १६
१०. नेपाल कहिले धर्म निरपेक्ष राज्य घोषित भयो ?
– २०६३ जेठ ४
११. हात्तीको सरदर आयु कति वर्ष हुन्छ ?
– ५७ वर्ष
१२. सन् २०१५ बाट सुरु भएको आन्तर्राष्ट्रिय योग दिवस कहिले पर्छ ?
– जुन २१
१३. धुलोको कणलाई कुन इकाइमा नापिन्छ ?
– माइक्रोन
१४. विश्वमै सबैभन्दा उच्च भागबाट बग्ने नदी कुन हो ?
– अरुण नदी (नेपाल)
१५. भीष्म पितामहको अर्काे नाम के हो ?
– देवव्रत
१६. ‘साफ्टा’ को अवधारणा ल्याउने सार्क देश कुन हो ?
– श्रीलंका
१७. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ ?
– वैशाख २४
१८. नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?
– चैत ३
१९. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको हो ?
– वि.सं. २०१६
२०. सिद्धार्थ गौतमकी पत्नीको नाम यशोधरा थियो भने भरतकी पत्नीको नाम के थियो ?
– माण्डवी
प्रकाशित समय ११:४४ बजे















