गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २२)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २२)
नेपाल अधिराज्यको संविधान २०४७ कति पटक संशोधन भएको थियो ?
१. संसारकै कान्छो १९३औं मुलुक दक्षिणी सुडानलाई पहिलोपटक कुन देशले स्वतन्त्र देशको मान्यता दिएको हो ?
– सुडान
२. आईएसओ चिह्न पाउने नेपालको दोस्रो जलविद्युत् कम्पनी कुन हो ?
– चिलिमे हाइड्रोपावर
३. सैपाल हिमाल कुन जिल्लामा पर्छ ?
– बझाङ
४. २०६८ सालको जनगणना कति औं जनगणना हो ?
– ११औं
५. काठमाडौंबाहिर खुलेको पहिलो नेपाली स्कुल कुन हो ?
– आदर्श विद्यालय, विराटनगर
६. वायु कताबाट कता बहन्छ ?
– उच्च चापबाट न्यूनचापतिर
७. भूतापीय ऊर्जा स्रोतका लागि नेपालको कुन जिल्ला प्रसिद्ध छ ?
– सिन्धुपाल्चोक
८. नेपालमा ६४० प्रकारका पुतली पाइन्छन् तर नेपालमा मात्रै कति प्रकारका पुतली पाइन्छन् ?
– सात प्रकारका
९. भद्राधिवास बन्नुअघि राजा नरेन्द्रदेवले कहाँ बसेर शासन चलाएका थिए ?
– कैलाशकुट
१०. मानिसको शरीरको सानो आन्द्राको औसत लम्बाई कति हुन्छ ?
– पाँच मिटर
११. आफ्नो खाना आफैं तयार गर्ने जीवलाई के भनिन्छ ?
– स्वपोषक जीव
१२. नेपाल अधिराज्यको संविधान २०४७ कति पटक संशोधन भएको थियो ?
– संशोधन भएन
१३. लैंगिक उत्तरदायी बजेट परिसूचकमा महिलाको क्षमता अभिवृद्धि कति प्रतिशत हुनुपर्ने व्यवस्था छ ?
– २० प्रतिशत हुने
१४. कोकस कुन खेलमा प्रयोग हुने शब्द हो ?
– बोटिङ
१५. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टित देश कुन हो ?
– काजकस्तान
१६. नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दिएको हो ?
– सन् १९९२
१७. वातावरणसम्बन्धी विषय सर्वप्रथम कुन आवधिक योजनामा समावेश भएको हो ?
– नवौं
१८. नेपालमा सर्प संग्रहालय कहाँ छ ?
– झापा
१९. निजामती अस्पताल कहिलेबाट सञ्चालनमा आएको हो ?
– २०६५ चैत १६
२०. दक्षिण कोरियाकी प्रथम महिला राष्ट्रपति को हुन् ?
– पार्क गोयुन हाय
प्रकाशित समय १५:२६ बजे















